एजेन्सी । फ्रेन्च ओपनको फाइनलमा अमेरिकाकी सोफियालाई सीधा सेटमा हराउदै ईगा शिवयोन्टेक टेनिसको नयाँ सनसनी बनेकी छन् ।

१९ वर्षिया ईगाको यो पहिलो ग्रैंड स्लाम उपाधि हो ।पोलैन्डकी टेनिस खिलाडी ईगा शिवयोन्टेकले फ्रेन्च ओपन ग्रैंड स्लाम जितेर नयाँ इतिहास रचेकी छन् ।ईगाले शनिवार खेलाइएको फाइनलमा अमेरिकाकी सोफिया केनिनलाई सिधा सेटमा हराएकी हुन् ।