एजेन्सी । विराट कोहलीको कप्तानी पारीपछि घातक प्रदर्शन गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले हराएको छ ।

आईपीएलको २५ औं म्याचमा बैंगलोरले चेन्नईलाई जितको लागि १७० रनको लक्ष्य दिएको थियो । चेन्नईको टीमले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३७ रन बनाउन सक्यो । चेन्नईका टप स्कोरर अम्बाती रायुडू रहे । उनले ४२ रन बनाए । बैंगलोरका लागि क्रिस मोरिसले तीन र वाशिंगटन सुंदरले दुई विकेट लिए । यो बैंगलोरको ६ म्याचमा चौथो जीत र चेन्नईको सात म्याचमा पाँचौं हार हो ।