कमल, असोज २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको कमल गाउँपालिकाका सातवटै वडामा संगठन निर्माण गरेको छ ।

पार्टीले संगठन सुदृढीकरण अभियानअन्तर्गत महिना दिन लगाएर कमलका सातवटै वडामा भेलाको आयोजना गरी संगठन निर्माण गरेको पार्टी परिचालन तथा अनुगमन समितिका संयोजक दिपक खरेलले बताए ।
यसैक्रममा शनिवार कमल २ मा पार्टीको वडा समिति गठन गरेको हो । वडास्तरीय कार्यकर्ताहरुको भेलाले नरेन्द्र बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको उनले जनाएका छन् । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा युवराज अधिकारी ,सचिवमा प्रमोद साह,सहसचिवमा जुगल हास्दा र कोषाध्यक्षमा गंगा माझी चुनिएका छन् । सदस्यहरुमा नेत्र श्रेष्ठ,मञ्जु कार्की, बलबहादुर राई, भीम श्रेष्ठ र शान्तिराम निरौला रहेका छन् । त्यस्तै, वडा इन्चार्जमा पदम श्रेष्ठ चुनिएका छन् ।
यस्तै ,भेलाले देवराज अर्याल,तिर्थसर गौतम र यज्ञप्रसाद ढकाल रहेको एक सल्लाहकार समिति समेत गठन गरेको छ ।
पार्टीका गाउँ सचिव युवराज खड्काले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य नरवहादुर पोख्रेलले राखेका थिए भने त्तत्कालीन माओवादी केन्द्रका नेता विक्रम अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । वडा भेलामा पार्टीका जिल्ला सदस्यद्वय सन्तोष कार्की, रामबहादुर डाँगी, पार्टी गाउँपालिका अध्यक्ष विष्णुप्रसाद पौडेल, राप्रपा निकट शिक्षक संघका उपाध्यक्ष कुमार भण्डारी, कमल ५ का पार्टी अध्यक्ष खड्ग श्रेष्ठ, कमल ७ का पार्टी अध्यक्ष लय प्रसाद उप्रेतीलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैबीच पार्टीले सातवटै वडामा आमभेला गरी नेतृत्व चयन गरेका र पार्टीलाई गतिशील बनाउँदै लैजान सातवटै वडा समितिको उपस्थितिमा यहि असोज ३० गते कमल २ स्थित मुजुरभिट्टाको शिव पाञ्चायन मन्दिरमा समीक्षा भेलाको आयोजना गर्ने तय भएको संयोजक खरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्