दमक, असोज २५ । मजदुरहरुद्वारा दमक ६ मा सञ्चालित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ९ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाको कार्यालयमा आइतबार औपचारिक रुपमा कार्यक्रम गरी सञ्चालक समितिले निकालेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदन सहकारी अध्यक्ष इन्द्रकुमार राई,सचिव सुमन काफ्ले ,व्यवस्थापक मानबहादुर मगर लगायतका सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण आइतबारदेखि शुरु भई असोज २९ सम्म कार्यालयमै स्वास्थ्य सावधानी अपनाएर औपचारिक रुपमा साधारणसभा सम्पन्न गरिने अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार आइतबारदेखि सदस्यहरुले कार्यालय समयभित्र आएर प्रतिवेदन बुझ्न तथा त्यसउपर राय,सुझाव असोज २८ गतेसम्म बुझाउन सकिने व्यवस्था गरिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दे अध्यक्ष राईले शेयर सदस्यहरुलाई थप सुविधा दिन सहकारीले थप जिम्मेवारीका साथ लागिपरेको बताए । सहकारीसंगै शेयर सदस्य मजवुत भएमात्र सहकारी सवल बन्ने उनले प्रष्टयाए ।
प्रतिवेदनमाथि आएका उपयुक्त सुझावलाई प्रतिवेदनमा समेटेर असोज २९ गते साधारणसभा सम्पन्न गरिने उनले बताए ।
प्रतिवेदन सार्वजनिकीरण कार्यक्रममा सञ्चालक सदस्यहरु दुर्गामाया राई,विमला कुमाल,भिमराज बेघा ,लेखा समिति सदस्यद्वय प्रकाश राजवंशी ,भरत राईलगायतको उपस्थिति रहेको थियो ।
संक्रमणका बावजुद कारोवार वृद्धि
८३४ पुरुष,८११ महिला र ८ वटा संस्थागत गरी १६५३ शेयर सदस्य रहेको सहकारीको आर्थिक बर्ष २०७६–७७ मा १ करोड १५ लाख १३ हजार २४६ पुरयाँउन सफल भएको जनाईएको छ । शेयर पँुजीमा यो वृद्धिदर १६.३ प्रतिशत हो । यस्तै,निक्षेपतर्फ गएको वर्ष २१ करोड ४७ लाख ४५ हजार ९ सय ३५ रुपैयाँ ,कर्जा तर्फ ५ करोड ३८ लाख २५ हजार ७४ ,बाह्य ऋण ८६ लाख ९८ हजार ४ सय रुपेयाँ रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सहकारीले यसवर्ष ३१ लख ३४ हजार ४सय ४० रुपैयाँ मुनाफा गर्न सफल भएको छ । गत वर्षको तुलनामा ११ लाख २२ हजार ३६२ वृद्धि हो ।
त्यस्तै,संस्थाले अघिल्लो वर्षको तुलनामा ८.१२ प्रतिशतले कुल कारोवार गर्न सफल भएको छ । २०७५–०७६ मा ६ करोड ५६ लाख १ हजार ३६ रुपैयाँ कुल कारोवार गरेको संस्थाले गएको वर्षमा भने ७ करोड ९ लाख २६ हजार ८४ रुपैयाँ पुरयाँउन सफल भएको प्रतिवेदनमा जनाइएको छ ।
गएको आर्थिक बर्षसम्म संस्थाको २ करोड ७९ लाख १४ हजार ७ सय कुल शेयर पँुजी ,बचत ८ करोड १ लाख २४ हजार ७ सय १५,कर्जा लगानी १० करोड ७० लाख ९१ हजार ९१ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्