झापा , असोज २५ । नेपाल चलचित्र द्वन्द्व संघको प्रदेश कमिटी गठन भएको छ ।

आइतबार बिर्तामोडमा भएको भेलाले विपिन प्रसाईको अध्यक्षतामा नेपाल चलचित्र द्वन्द्व संघको २१ सदस्यीय १ नं प्रदेश कमिटी गठन गरेको हो । जसको कार्यकारिणी उपाध्यक्षहरूमा सन्तोस खवास र लक्षु गौतम रहेका छन् । यस्तै महासचिवमा सुदिप खवास र कोपाध्यक्षमा करुणा क्षेत्री रहेका छन् । सदस्यहरुमा राजेन्द्र कार्की,पूर्णप्रसाद राजवंशी,राजन पौडेली,नविन तामाङ, धिरज परियार, सुबें मेचे, सिर्वा मगर, सुमन मोटे, श्याम गिरी, सुरज ढकाल, समिर सुवेदी, गणेश भट्टराईलगायत रहेका छन् ।
चलचित्र द्वन्द्व संघ प्रदेश न. १ संयोजक विपिन प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा न. ५ का वडा अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य एलसी श्रेष्ठ र संचालन सुदीप खवासले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्