बिर्तामोड ,असोज २५ । नेपाल केम्पो खुकुरी मार्सल आर्टस् संघ झापाको प्रथम जिल्ला भेला बिर्तामोडमा सम्पन्न भएको छ ।

भेलाबाट तारा खतिवडा अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । संघको उपाध्यक्षमा सुरेन्द्र धिमाल, महिला उपाध्यक्षमा संगीता मेचे, सचिवमा भीमबहादुर बोहरा, सहसचिब रविन ओझा र कोषाध्यक्षमा नारायण ओली सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा जशु राई,पूर्ण लिम्बु,सुरेन्द्र श्रेष्ठ,चन्द्र भण्डारी (मिलन), देवकुमार सहनी(मार्को) ,धनकुमार तामाङ, पदम कटुवाल रहेका छन् ।
युवा संघ नेपालका केन्द्रीय सदस्य पर्वत भण्डारीले युवाहरू एकजुट भएर नयाँ खेलको विकासमा लागेकोमा खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट सहयोग रहने बताए । कार्यक्रममा नेकपा जिल्ला विभाग सचिब लवकुश गौतमले पनि बोलेका थिए । कार्यक्रम तारा खतिवडा अध्यक्षतामा भएको थियो । नेपालमा कम्पो खुकुरी मार्सल आर्टस् नयाँ विधा हो । केम्पो मार्सल आर्टस्मा खुकुरीको काता समावेश गरी यसलाई प्रचलनमा ल्याइएको हो । केही दिनमै झापामा यसको नयाँ डोजो गठन गरिने अध्यक्ष खतिवडाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्