एजेन्सी । चेन्नई सुपर किंग्सले आइपिएल— १३ मा तेस्रो जीत हासिल गरेको छ ।

दुबईमा गएराति खेलाइएको म्याचमा महेन्द्रसिंह धोनीको अगुवाईमा रहेको चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई २० रनले हराएको हो । हैदराबादको यो पाँचौ हार हो । यो जीतपछि चेन्नईको टीम अंक तालिकामा छैठौ नम्बरमा उक्लिएको छ । उसले प्लेअफ यात्रालाई रोमाञ्चक बनाइदिएको छ । अब चेन्नई, हैदराबाद र राजस्थानको खातामा ६—६ अंक रहेको छ । रन रेटको आधारमा हैदराबाद पाँचौं र राजस्थान सातौं नम्बरमा छ । चौथो नम्बरमा रहेको कोलकाता नाइट राइडर्सको खातामा आठ अंक छ । हैदराबाद र चेन्नईले बाँकी टीमभन्दा एक—एक म्याच बढी खेलेका छन् । यी दुवै टीमले आठ म्याच खेलिसकेका छन् ।
चेन्नईले पहिला ब्याटिङ गर्दै हैदराबादसामु १६८ रनको चुनौती राखेको थियो । हैदराबादको टीमले २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १४७ रन बनाउन सक्यो । हैदराबादका लागि ५७ रन बनाएका केन विलियमसन् टप स्कोरर रहे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्