बिर्तामोड , २८ असोज । बिर्तामोड नगरपालिका ३ निवासी रुद्रप्रसाद सिटौला नेपाल बाल संगठन झापाको सभापतिमा मनोनित भएका छन् ।

नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सिटौलालाई बाल संगठन झापाको सभापतिमा मनोनित गरेको हो । करिव दुई दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील सिटौला विराट बहुद्देश्यीय सहकारी संस्थाका सचिव, मानव अधिकार एलायन्स झापाका अध्यक्ष, गैरसरकारी संस्था महासंघ झापाका पूर्व अध्यक्ष, विराट सामुदायिक अध्ययन केन्द्रका सचिव हुन् । सरकारले देशभरिका सबै जिल्लाका लागि वाल संगठनको सभापति मनोनयन गरेको छ । पंचायतकालमा वाल संगठन सक्रिय अबस्थामा रहेको थियो । त्यसलाई फेरि व्युँताउने काम गरिएको हो । आफू सभापतिमा मनोनित भएको कुरा मौखिक खबर आएको बताउँदै सिटौलाले त्यसको गाइडलाइन प्राप्त भइनसकेको जानकारी दिए । वाल संगठनको नाममा भद्रपुरमा दुई विगाह जग्गा , एउटा विद्यालय , बिर्तामोड १० मा पाँच कठ्ठा र शिवसताक्षीमा ७ विगाह जग्गा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्