झापा, असोज २८ । झापा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोराना पुष्टि भएको छ । कनकाई प्रयोगशालामा उनको पीसीआर परीक्षण गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो ।

नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ । नगरप्रमुख आचार्यले हिजो ( मंगलबार ) स्वाव दिएका थिए । उनी स्वाव दिएर होेम आइसोलेसनमा थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्