बिर्तामोड, असोज २८ । झापाको बिर्तामोड नगरपालिका – १ कालिका नगर टोलका एक वृद्धको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड– १का केशवप्रसाद पौडेल रहेका छन् । ६५ बर्षिय बृद्ध पथरी, मृगौला र जन्डिसका रोगी थिए ।


स्वास्थ्यमा समस्या आएसँगै काठमाडौँको विएण्डवी हस्पिटलमा उपचार गराउन पुगेका पौडेललाई मंगलबार बिर्तामोड फर्काइएको बिर्तामोड– १ का अध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए । बुधबार दिउँसो ३ बजे विएण्डसी हस्पिटल भर्ना भएका वृद्धको ४ः ३० मा मृत्यु भएको थियो ।


मृतकको शव नेपाली सेनाले व्यवस्थापनको तयारी गरिरहेको छ । चारआली जंगलमा शव व्यवस्थापनको तयारी भएको पाण्डेले बताए । मृतकका परिवारका अन्य सदस्यलाई होम आइसोलेसनमा रहेका छन् । सरकारको नीति अनुसार परिवारका सदस्यको पिसिआर परिक्षण गरिने अध्यक्ष पाण्डेले जानकारी । यो सहित झापा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ जना पुगेको छ भने बिर्तामोडमा २ जना छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्