दमक,असोज २९ दमक –८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २१ औँ बार्षिक साधारणसभा बिहिबारदेखि शुरु भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो कार्तिक ४ गते समापन हुने गरि साधारणसभा शुरु गरेको हो । यसवर्ष कोरोना महामारीका कारण साधारण सभा अन्तर्गत सदस्यलाई प्रतिवेदन वितरण र राय सुझावहरु यहि कर्तिक १ गतेसम्म बुझाई सक्ने गरी साधारणसभा शुरु गरिएको सचिव लछुदास राईले बताएका छन् ।


संस्थाको सभाकक्षमा आज (बिहिबार) औपचारिक रुपमा एक कार्यक्रम गरी साधारणसभाको अध्यक्ष जितमान राईले उद्घाटन गरे । त्यस्तै उनले सञ्चालक समितिले साधारणसभाका लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदन पुस्तिका समेत सार्वजनिक गरे ।


साधारणसभाको उद्घाटनका क्रममा अध्यक्ष राईले सहकारीले आफना शेयर सदस्यहरुलाई अझ बढी सेवा,सुविधा पु¥याउन प्रयत्नशील भएको जोड दिए । सभामा सहकारीका उपाध्यक्ष धनराज राई, कोषाध्यक्ष चन्द्रमाया लिम्बु, सदस्यहरु दिपेनवाला राई, फूलसरी राना, पदमबहादुर तामाङ, टंक दुलाल, राजेन्द्र लिम्बुसहित ऋण उपसमितिका संयोजक पारषमणि राई, व्यवस्थापक कृष्ण गोलेलगायतका सञ्चालक, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।


संस्थामा गएको वर्षसम्म २६ संस्थागत,३ सय ९६ महिला र ५ सय २१ पुरुष गरी कुल ९ सय ४३ जना शेयर सदस्य रहेको छ भने शेयर पूंजी ५ करोड ७ लाख २४ हजार ५५ रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी २३ करोड ३४ लाख ४४ हजार १ सय ९८ र ५९ लाख ६ हजार ४ सय २२ रुपैयाँ मुनाफा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच, सहकारीले आफनो बार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसर पारेर बुधबार आयोजना गरिएको रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा १४ महिलासहित ५२ जनाले रगतदान गर्नुका साथै रेडक्रस दमक उपशाखा दमक र रेडक्रस लखनपुर उपशाखाद्वारा सञ्चालित एम्बुलेन्सका चालकलाई १ र १ सेट पिपिई समेत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्