बिर्तामोड, २९ असोज । नेपाल ट्रेड युनियन कांग्रेस बिर्तामोड नगर समितिले अटो व्यवसायीहरुलाई स्टिकर वितरण गरेको छ । नेपाल अटो ई रिक्सा तथा ठेला सम्बद्ध श्रमिक संघसँग आबद्ध अटो व्यवसायीहरुलाई स्टिकर वितरण गरेको हो ।

ट्रेड युनियन कनंग्रेसमा आबद्ध बिर्तामोड नगरपालिकामा रहेका अटो चालकहरुलाई स्टिकर वितरण गरिएको हो । नेपाल ट्रेड युनियन कांग्रेसका बिर्तामोड नगर अध्यक्ष उद्र राजबंशीको अध्यक्षता भएको कार्यक्रममा युनियनका केन्द्रीय सदस्य हसिबो शेखको प्रमुख आतिथ्यमा रहेका थिए ।
नेपाल अटो ई रिक्सा तथा ठेला सम्बद्ध श्रमिक संघसँग आबद्ध नेपाल ट्रेड युनियन कांग्रेसको लोगो अंकित स्टिकर वितरण गरेको नगर अध्यक्ष राजबंशीले बताए । नेपाली कांग्रेस बिर्तामोड नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रबाट प्राप्त स्टिकर केन्द्रीय सदस्य शेख, जिल्ला सभापति देविप्रसाद राजबंशीलगायतले वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्