झापा , असोज २९ । बिर्तामोडका ३० सहित पछिल्लो २४ घण्टामा झापामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ महिला र ३५ पुरुष रहेका छन् ।

सबैभन्दा बढी बिर्तामोडका ३० जना रहेका छन् । बिर्तामोड ५ का एक तीन महिने शिशुलाई पनि संक्रमण पुष्टि भएको छ । एक चिकित्सकका ती शिशुलाई संक्रमण देखिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका ४ महिला ३ पुरुष, बिर्तामोडका ७ महिला २३ पुरुष, अर्जुनधाराका ६ महिला ४ पुरुष, कन्काईका ७ महिला एक पुरुष, बुद्धशान्ति १ पुरुष, दमकका १ महिला २ पुरुष, कमल र गौरादहका १–१ पुरुष गरी ५४ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएकामध्ये अर्जुनधाराका २ र कन्काईका १ जना स्वास्थ्यकर्मी रहेको र अन्य सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।झापामा हालसम्म संक्रमितको संख्या १२२१ पुगेको छ । जसमा ९१२ जना निको भएका छन् । २९७ जना सक्रिय संक्रमित हुँदा १३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्