दमक, असोज २९ । दमक ६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले नवौ बार्षिक साधारणसभा बिहीबार सम्पन्न गरेको छ ।

संस्थाको कार्यालयमा एक कार्यक्रम गरी यस वर्षको साधारणसभा औपचारिक रुपमा सम्पन्न गरिएको व्यवस्थापक नवराज वाँस्तोलाले बताए ।
साधारणसभाको कार्यक्रम यस वर्ष विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर चरणवद्ध गरिएको उनले वताए । जसअनुसार दमकसहित कमलको केर्खा सेवा केन्द्र,कन्काईको सुरुङा सेवा केन्द्र र बिर्तामोड सेवा केन्द्रवाट सदस्यहरुलाई प्रतिवेदन वितरण गर्नुका साथै त्यहाँबाट राय,सुझाव संकलन गरिएको उनले जनाए ।
झापा जिल्लाभरि कार्यक्षेत्र रहेको सहकारीमा गत वर्षसम्म ६ हजार ६ सय शेयर सदस्य रहेका छन् । त्यस अवधिमा संस्थाको कुल शेयर पँुंजी ५ करोड ९७ लाख ३४ हजार २ सय , निक्षेप ४० करोड ३५ लाख २७ हजार २ सय १९ र कर्जा लगानी ४४ करोड १५ लाख २९ हजार ६ सय ७९ रुपैयाँ रहेको व्यवस्थापक बाँस्तोलाले बताएका छन् । त्यस अवधिमा नै संस्थाले ५१ करोड ८० लाख ७६ हजार ६ सय १६ रुपैयाँको कुल कारोवार गरेको थियो ।
साधारणसभा समापनका क्रममा अध्यक्ष दिपक खरेलले कोभिडका कारण यस वर्षको साधारणसभा चरणवद्ध रुपमा गरिएको बताउँदै आगामी दिनमा जिल्लाको धुलावारी,वुद्धशान्तिको बुधबारे वजारमा पनि सेवा केन्द्र सञ्चालन गर्ने तयारी भईरहेको जानकारी दिए ।
त्यस अवसरमा संस्थाका उपाध्यक्ष रोशनकुमार गौतम,सचिव ज्ञाननाथ पौडेल,कोषाध्यक्ष यामजी श्रेष्ठ,सञ्चालक र कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्