भद्रपुर, असोज २९ । नेपाली काँग्रेस भद्रपुर ९ नम्बर वडा समितिले वडामा रहेका समस्याको समाधान हुनु पर्ने माग राखेर वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

वडा सभापति गोपालप्रसाद श्रेष्ठ तथा गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका प्रत्यासी राजेन्द्र रिजालको नेतृत्वमा गएको टोलीले वडाभित्रका विकास निर्माण, जंगली हात्ती, सडक बत्तीलगायतका समस्या हल गर्न माग राखेर वडा कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
कार्यवाहक वडाध्यक्ष रामप्रसाद दाहाललाई बुझाइएको ज्ञापनपत्रमा वडाभित्रका विभिन्न सडक खाल्डाखुल्डीका कारण हिड्न नसक्ने भएको, हात्ती उपद्रो बढ्दै जाँदा वडाबासी पीडित बन्नु परेको, फोहोर व्यवस्थापन हुन नसकेको, झापा कारागारको फोहोरले दर्जनौ घर परिवार विस्थापित हुने अवस्था आएको लगायत ८ सुत्रीय मागसहित ध्यानाकर्षण गराइएको छ ।
कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली काँग्रेस झापा क्षेत्र नम्बर १ का सचिव रमेश पोखरेल, क्षेत्रीय सदस्य पार्वती मल्ल, सदस्य लावण्य पोखरेल, विरेन्द्र मल्ल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्