बिर्तामोड असोज, ३० । चाडपर्व नजिकिएसँगै बिर्तामोडमा किनमेल गर्नेको संख्या बढ्दै गएको छ । बजारमा मानिसहरुको चहलपहल बढेसँगै व्यापार पनि बढेको छ ।


विगतका वर्षहरुमा झापासाथै पूर्वी पहाडी जिल्ला इलाम, पाँचथरका नागरिक किनमेलका लागि भारतको पानीट्याङकी पुग्ने गर्दथे । यो वर्ष कोरोना महामारीले सीमा बन्द हुँदा किनमेलका लागि बिर्तामोडमा चहलपहल बढेको देखिन्छ । बिर्तामोडमै किनमेल गर्ने बढ्न थालेपछि व्यापारसमेत बढेको व्यापारी बताउँछन् ।

बिर्तामोड बजारको व्यापार भारतको सिमानाका बन्द भएका कारण अहिले केही बढेको व्यापारीहरु बताउँछन् । कोभिड १९ को असरका कारण दसैंको बजार विगतको जस्तो नभए पनि लत्ताकपडा खरिद गर्नेहरुले बजारमा चहलपहल बढेको स्वयम् व्याापरी बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्