बिर्तामोड ,असोज ३० । बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोड ३ ले आज बिर्ताबजारमा सरसफाइ गरेको छ ।

आउन लागेको बडादशैं पर्वलाई लक्षित गरी सामुदायिक प्रहरी सेवा केन्द्रले दुर्गा मन्दिर परिसर, बजार लगायतका स्थानमा सरसफाइ गरेको हो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी , प्रहरी चौकी बिर्ताबजारका प्रहरी , स्थानीय लगायतको सहभागिता रहेको थियो । नवनिर्मित दुर्गा मन्दिरसँगै अन्य स्थानमा सरसफाइ गरिएको बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष केशवराज पाठकले बताए । उनले त्यस कार्यक्रमलाई नियमित रुपमा गर्दै जाने जानकारी दिए ।

बिर्ताबजारको ऐतिहासिक दुर्गा मन्दिरलाई नयाँ मन्दिरमा सारिने भएको छ । पुरानो मन्दिरकै छेउमा नयाँ मन्दिर निर्माण सम्पन्न भइसकेको छ । पुरानो मन्दिरबाट दुर्गा भगवतीको मूर्ति भोलि घटस्थापनाका दिन नयाँ मन्दिरमा सार्ने कार्यक्रम रहेको नवदुर्गा मन्दिर पूजा समितिका अध्यक्ष वासु माझीले बताए । उनले भोलिदेखि नै नयाँ मन्दिरमा पूजापाठ शुरु गरिने जानकारी दिए । मन्दिरमा सामूहिक जमरा राख्ने कार्यक्रम यथावत राखेको बताउँदै उनले सामाजिक दूरी कायम गरेर पूजापाठसँगै बलि पुजालाई रोक नलाइएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्