असोज ३०। नेपाल प्रहरीले ५ हजार २ सय २७ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी जवानका पदहरुमा शुक्रबार भर्ना आह्वान गरेको हो ।

दरखास्त फारम कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सकिनेछ । देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर)मा दरखास्त बुझाउन सकिने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागको भर्ना छनौट महाशाखाले जानकारी दिएको छ ।
विज्ञापन हेर्नुहोस्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्