झापा असोज ३०। नेपाल रेडक्रस सोसाईटी झापा शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा कुमरखोदको समन्वयमा एकदिवसीय अभिमुखीकरण तालिम सम्पन्न भएको छ । युनिसेप नेपालको साझेदारी तथा झापा गाउँपालिको सहकार्यमा झापा – १ र २ वडा स्तरीय सहयोगी कार्यदललाई शुक्रबार कोभिड– १९ को बारेमा अभिमुखीकरण तालिम दिएको हो ।


नेपाल रेडक्रस सोसाईटी झापाका फोकल पर्सन भक्तबहादुर विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा कोभिड– १९बाट कसरी बाँच्न सकिन्छ, समाजमा गएर कसरी कोभिडको बारेमा जनचेतना पैmलाउन सकिन्छ र सावुन पानीले हात धुने तरिका सिकाइएको थियो ।


त्यसैगरी, झापा गाउँपालिका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले भने अब सरकारले नयाँ नियम लागू गरेको छ । बाहिरबाट आउने मानिसले कम्तीमा १४ दिन क्वारेन्टाइममा बस्नु पर्छ । पिसीआर चेकजाँच हँुदैन, स्वास्थयमा धेरै समस्या आए मात्र पिसीआर चेकजाँच हुन्छ । क्वारेन्टाईमको हकमा भने घरमा सुविधा हुनेले होम क्वारेन्टाईनमा बस्ने तर जानकारी चाँही गराउने र घरमा सुविधा नहुनेले झापा गा. पा. ले तोकिएको ठाउँमा आएर क्वारेन्टाईमा बस्ने जानकारी गराइएको छ ।


कोभिड –१९ बाट बच्न भिडभाड एरियामा नजाने, अनावश्यक घरबाट बाहिर हिँडडुल नगर्ने र हिँडडुल गर्नु परेमा अनिवार्य मास्कको प्रयोग गर्ने, कम्तीमा पनि दुई मिटर सामाजिक दुरी कायम गर्ने र स्वास्थय सम्वन्धी जानकारी गराइएको थियो । गाउँपालिका– २को सामुदायिक भवनमा भएको कार्यक्रममा वडाअध्यक्ष राजकुमार यादव, नेत्र वहादुर खड्का, कुमरखोद रेडक्रस सभापति सुन्दरलाल गणेश लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको समापन झापा गाप –२ का वडाअध्यक्ष नेत्रबहादुरले खड्काले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्