कमल असोज ३० । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको कमल गाँउपालिकाका सात वटै वडामा संगठन निर्माण गरेको छ । पार्टीले संगठन सुढृढिकरण अभियान अन्तर्गत महिना दिन लगाएर कमलका सात वटै वडामा भेलाको आयोजना गरी संगठन निर्माण गरेको पार्टी परिचालन तथा अनुगमन समितिका संयोजक दिपक खरेलले जानकारी दिए ।


यसैक्रममा शनिबार कमल –२ मा पार्टीको वडा समिति गठन गरेको हो । वडास्तरिय कार्यकर्ताहरुको भेलाले नरेन्द्र बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको उनले जनाएका छन् । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा युवराज अधिकारी, सचिवमा प्रमोद साह, सहसचिवमा जुगल हास्दा र कोषाध्यक्षमा गंगा माझी चुनिएका छन् । त्यस्तै, सदस्यहरुमा नेत्र श्रेष्ठ,मञ्जु कार्की, बलबहादुर राई, भिम श्रेष्ठ र शान्तिराम निरौला रहेका छन् । वडा इन्चार्जमा भने पदम श्रेष्ठ चुनिए । भेलाले देवराज अर्याल, तिर्थसर गौतम र यज्ञप्रसाद ढकाल रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।


पार्टीका गाँउ सचिव युवराज खड्काले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य नरवहादुर पोख्रेलले राखेका थिए भने तत्कालीन माओवादी केन्द्रका नेता विक्रम अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । उक्त वडा भेलामा पार्टीका जिल्ला सदस्यद्धय सन्तोष कार्की, रामबहादुर डाँगी, पार्टी गाँउपालिका अध्यक्ष विष्णु प्रसाद पौडेल, राप्रपा निकट शिक्षक संघका उपाध्यक्ष कुमार भण्डारी, कमल ५ का पार्टी अध्यक्ष खड्ग श्रेष्ठ, कमल ७ का पार्टी अध्यक्ष लय प्रसाद उप्रेती लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैवीच, पार्टीले सातवटै वडामा आमभेला गरि नेतृत्व चयन गरेका र पार्टीलाई गतिशील बनाउदै लैजान सातवटै वडा समितिको उपस्थितिमा यहि असोज ३० गते कमल २ स्थित मुजुरभिट्टाको शिव पाञ्चायन मन्दिरमा समिक्षा भेलाको आयोजना गरिने तय भएको संयोजक खरेलले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्