बिर्तामोड असोज, ३० । झापाको कनकाई नगरपालिकामा कोरोना संक्रमणबाट ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । कनकाई –१का दिवाकर नेपालको बिर्तामोड स्थित विएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । मुटु सम्बन्धि समस्या झेल्दै आएका नेपाल बिहिबार विएण्डसी हस्पिटल भर्ना भएका थिए । कोरोना परीक्षणका लागि बिहिबार नै स्वाव लिए पनि रिपोर्ट भने शुक्रबार मृत्यु पश्चात मात्र आएको बताइएको छ । नेपालसँगै झापामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १३ पुगेको छ ।


२९ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा झापामा थप २९ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ८ महिला र २१ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका २ महिला ५ पुरुष, बिर्तामोडका २ महिला ५ पुरुष, अर्जुनधाराका २ महिला १ पुरुष, कन्काईका १ पुरुष, बुद्धशान्ती २ पुरुष, दमकका १ महिला ३ पुरुष, गौरादहका २ पुरुष, कमल र शिवसताक्षीका १–१ पुरुष गरि २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बिर्तामोडका १ जना स्वास्थ्यकर्मी र अन्य सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले बताए । झापामा हालसम्म संक्रमितको संख्या १२ सय ५० पुगेको छ । जसमा ९४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । ३ सय २१ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्