झापा , असोज ३० । पछिल्लो २४ घण्टामा बिर्तामोडका ९ जनासहित झापाका ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिर्तामोडका ३ महिला र ६ पुरूष हुन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार जिल्लाका ९ पालिकामा संक्रमित थपिएका हुन् । सबैभन्दा बढी बिर्तामोडमा एक जना स्वास्थ्यकर्मीसहित ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितको उमेर समूह २० देखि ५५ वर्षका छन् । बिहीबार बिर्तामोडमा ३० जनालाई संक्रमण पुष्टि भएको थियो । त्यस्तै, भद्रपुरमा २ महिला र ५ पुरुष, अर्जुनधारामा २ महिला र १ पुरुष, कनकाईमा एक पुरुष संक्रमित भएका छन् । कनकाईका संक्रमित व्यक्तिको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।यसैगरी, एक महिलासहित ४ जना, बुद्धशान्ति र गौरादहमा २(२ जना पुरुष, कमल र शिवसताक्षीमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कुल संक्रमितको संख्या एक हजार २५० जना पुगेको छ ।यस्तै, ९१६ जना उपचारपछि निको भएका छन् भने ३२१ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।कोरोना संक्रमणकै कारण झापामा मृत्यु हुनेको संख्या १३ पुगेको कोभिड १९ का फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्