भद्रपुर, असोज ३० । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा र संस्थागत विद्यालय सञ्चालकहरूको साझा संस्था प्याब्सन झापाबीच शिक्षक कर्मचारीलाई तत्काल २ महिनाको तलव भुक्तानी गर्ने सहमति भएको छ ।

६ महिनायता तलवविहीन भएका शिक्षक कर्मचारीहरूको सम्पूर्ण माग पूरा गर्न नसके पनि प्याब्सन झापाले असोज महिनाको शतप्रतिशत तलव तथा सोही बरावरको चाडवाड खर्च दिने सहमति गरेको हो ।
सहमतिपत्रमा प्याब्सनका तर्फबाट जिल्ला अध्यक्ष एल.पी उप्रेती, सचिव जनार्दन ढकाल तथा इस्टुका तर्फबाट जिल्ला अध्यक्ष होमराज खतिवडा, सचिव रेवतीरमण खनालले हस्ताक्षर गरेका छन् भने रोहवरमा इस्टुका केन्द्रीय समितिका सदस्य एन.पी लामिछाने, प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारी र सचिव दिपक भट्टराईले हस्ताक्षर गरेका छन् ।
शिक्षक कर्मचारीको २०७७ बैशाखदेखि भदौसम्मको तलव विवाद भने तत्कालका लागि समाधान नभए पनि दशैंपछि वार्ताको माध्यमबाट हल गर्ने गरी राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्