भद्रपुर , असोज ३० । बिर्तामोड नगरपालिका ६ मा रहेको जग्गाको अतिक्रमण हटाउन भद्रपुर माविले प्रहरी प्रशासनलाई गुहार्ने भएको छ ।

विद्यालय व्यवस्थापन समितिको आज बसेको बैठकले विद्यालयको सरकारी जग्गा खाली गराउनका लागि जिल्ला प्रशासन कार्यालयलाई गुहार्ने निर्णय गरेको हो । विद्यालयको जग्गा व्यवस्थापनका सम्बन्धमा बसेको बैठकले कबुलियतनामा बमोजिम विभिन्न ब्यक्तिहरुलाई भोगचलन गर्न दिएकोमा सो जग्गामा अनाधिकृत व्यक्तिहरुले कब्जा, किचलो र भोगचलन गरी स्थायी संरचना निर्माण गरेको र आन्तरिक रुपमा किनबेच गर्दै आएकाले प्रहरी प्रशासन गुहार्ने निर्णय गरेको हो । जग्गा खाली गराउन आइतबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइने प्रधानाध्यापक कुलबहादुर गुरुङले बताए । विद्यालयको १७ विगाह १० कठ्ठा जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्