एजेन्सी । आईपिएलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हराएको छ ।

गएराति अबुधाबीमा पछिल्लो च्याम्पियन मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिष्पर्धा गराइएको थियो ।
मुम्बईको सामु जीतका लागि १४९ रनको लक्ष्य रहेको थियो ।जसलाई उसले १६.५ ओभरमा दुई विकेट गुमाउँदै हासिल गरेको हो । मुम्बईको जीतमा क्विन्टन डी ककले नटआउट ७८ रन बनाएर महत्वपूर्ण भूमिका निभाए । त्यसअघि कोलकाताले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४८ रन बनाएको थियो । यो जीतसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्