झापा , कातिक १ । झापामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना थरका ५८ वर्षिय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो । अस्तिका दिन स्वाब परीक्षणका लागि दिएकोमा उनको रिपोर्ट हिजो पोजिटिभ आएको थियो । रिपोर्ट आएकै दिन राति उनको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको सख्या ५ र जिल्लामा १५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्