झापा , कातिक १ । कोरोना संक्रमणबाट एकैरात झापाका दुईजना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन् । मृतक दुवै पुरुष हुन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना थरका ५८ वर्षिय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो । अस्तिका दिन स्वाब परीक्षणका लागि दिएकोमा उनको रिपोर्ट हिजो पोजिटिभ आएको थियो । रिपोर्ट आएकै दिन राति उनको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ । त्यस्तै शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पिसिआरको रिपोर्ट पोजिटिभ आएको थियो । गएराति उनको मृत्यु भएको परिवारले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्