दमक, कार्तिक १। मृत्यु भएको दुई दिनपछि झापा दमकका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ढाडको नसा च्यापिएर नोबेल हस्पिटल विराटनगरमा उपचारका लागि गएका दमक ९ का ५५ वर्षीय बिश्वकर्मा थरका व्यक्तिको बुधबार दिउँसो २ बजे मृत्यु भएको थियो । उनको बिहिबार बिहान अन्त्येष्टि गरिएको थियो। मृत्यु भएको दुई दिनपछि अन्त्येष्टी गरेको एक दिनपछि शुक्रबार बेलुका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। ती व्यक्तिको बुधबार बिहान स्वाब संकलन गरिएको थियो भने त्यही दिन बेलुका उनको मृत्यु भएको थियो । मृत्युपछि संक्रमण पुष्टि भएपछि उनको स्याहारसुसार र अन्त्येष्टिमा सहभागी व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा स्वाब संकलन गर्न लागिएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्