बिर्तामोड , कात्तिक १ । कोरोना संक्रमणका कारण लकडाउन नगरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका नगर प्रमुख धुर्वकुमार शिवाकोटीले कोरोना संक्रमणका कारण लकडाउन नगरिएको स्पष्ट पारेका छन् । प्रतिदिन दैनिकसँग कुरा गर्दै उनले केही संचारमाध्यमले नगरपालिकाले निर्णय नगरीकन मनगढन्ते ढंगले लकडाउनको समाचार प्रकाशित गरेको भन्दै त्यसप्रति आपत्ति जनाए । ‘नगरपालिकाले लकडाउन गरेको छैन’ उनले भने ,‘ भीडभाड हुने कार्यालयहरु नगरपालिका , विद्युत , खानेपानीलगायतलाई बन्द गर्ने सूचना हिजै भएको हो थप निर्णय भएको छैन ।’ उनले त्यस किसिमको निराधार समाचार प्रकाशित नगरिदिन संचारकर्मीहरुलाई आग्रह गरेका छन् । शनिबार झापाका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारका संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोडका २२ जना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्