हल्दिबारी , कात्तिक १ । नेविसंघ हल्दिबारी १ ले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ५३ जनाले रक्तदान गरेको नेविसंघ झापा सदस्य पारस तिम्सिनाले बताए । प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेस र नेविसंघका जिल्ला, क्षेत्र, गाउँपालिकाका नेता, कार्यकर्ताको सहभागिता थियोे ।

नेपाल रेडक्रस सोसाइटी भद्रपुरको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रम नेबिसंघ हल्दिबारी १ का सभापति करण कटुवालको अध्यक्षता र सचिव किशोर ढुंगेलको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्