झापा , कात्तिक १ । पछिल्लो २४ घण्टामा झापाका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा ३१ महिला र ४८ जना पुरुष रहेका छन् । झापामा अहिलेसम्म यति धेरै संक्रमित भएको पहिलो हो । शनिबारका संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोडका २२ जना रहेका छन् । १६ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु बिर्तामोड १, २, ३, ५, ६, ७ र ९ नम्बर वडाका छन् । उनीहरुको उमेर समूह १९ देखि ४० वर्षका छन् । उनीहरु सबै स्थानीय बासिन्दा हुन् । बिर्तामोडपछि दमकमा १४ जनामा संक्रमण पुष्टि भएको छ । दमकका ३ महिला र ११ पुरुषमा संक्रमण भएको हो । उनीहरु सबै स्थानीय हुन् । संक्रमित हुनेमा २, ५, ६, ८ र ९ नम्बर वडाका बासिन्दा छन् । उनीहरुको उमेर समूह १८ देखि ९४ वर्षका छन् । यस्तै, भद्रपुरमा पनि ८ जना सुरक्षाकर्मीसहित १४ जनामा शनिबार संक्रमण पुष्टि भएको छ । ३ महिला र ११ पुरुषमा संक्रमण भएको हो । उनीहरु भद्रपुर ६, ८ र १० नम्बर वडा निवासी हुन् । यस्तै, मेचीनगरमा २ महिलासहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।मेचीनगर ६ र १० नम्बर वडाका उनीहरुमध्ये ६ जनाको ठेगाना काठमाडौँ उल्लेख छ । उनीहरुको उमेर समूह २२ देखि ६४ वर्ष रहेको छ ।यस्तै, कनकाई नगरपालिकामा ४ महिलासहित ९ जना, कमल गाउँपालिकामा २ महिलासहित ३ जना, शिवसताक्षीमा १ महिला र १ पुरुष, गौरादहमा एक पुरुष र हल्दिबारी गाउँपालिकामा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्