एजेन्सी । शिखर धवनको नटआउट शतकीय पारीको सहयोगमा दिल्ली कैपिटल्सले चेन्नई सुपर किंग्सलाई पाँच विकेटले हराएको छ ।

दिल्लीले आईपिएलको ३४ औं म्याचमा चेन्नईका तर्फबाट प्राप्त १८० रनको चुनौती एक वल बाँकी छदै हासिल पूरा गरेको हो । धवन १०१ रन बनाउँदै नटआउट रहे । यो आईपिएलमा धवनको पहिलो शतक हो । त्यस पारीका लागि उनलाईं म्यान अफ द म्याच घोषित गरियो । ९ वटा म्याचमा दिल्लीको यो सातौं जीत हो । यो जीतसँगै दिल्ली अंकतालिकाको पहिलो नम्बरमा पुगेको छ । चेन्नईले भने ६ पटक हार ब्यहोर्नु परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्