झापा , कात्तिक २ । नेफ्रोटिक सिन्ड्रोमको उपचार गराइरहेकी इलाम सूर्योदय नगरपालिका–१० की ७ बर्षिया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

असोज ६ गतेबाट उपचारको लागि विराट नर्सिङ होममा राखिएकी ती बालिकामा ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । थप उपचारको लागि भेन्टिलेन्टर नपाएपछि उनलाई घर ल्याउने क्रममा शुक्रबार राति निधन भएको बालिका बचाउ अभियन्ता कुनाल राईले जानकारी दिए ।
‘नानीमा संक्रमण देखिएपछि भेन्टिलेटरमा राख्नुपर्ने रहेछ । पूर्वमा कहि पनि भेन्टिलेटर नपाएपछि हस्पिटलले घर नै लान भनेका कारण ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु भएको हो ’ कुनालले भने ‘एक महिनासम्म विराटनगर राख्दा स्वास्थ्यमा सुधार नभएपछि बालिकालाई उपचारको लागि काठमाण्डौ लाने तयारी गरिएको थियो । तर काठमाण्डौमा उपचारका लागि पिसिआर रिपोर्ट खोज्ने रहेछ टेस्ट पोजेटिभ आयो । रिकभर हुनु अघि नै उनको निधन भयो ।’ उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएको इलामको यो पहिलो घटना हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्