कोरोनाका कारण विगत ७ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन शनिबार घटस्थापनादेखि सुरु गरिएको छ । चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले शनिबारबाट फुलपातीसम्म चलचित्रको छायांकन हुने जानकारी दिए ।

यसपछि, पूर्णिमापछि फेरि चलचित्रको काम गर्नेछौ । उनले सम्पूर्ण सुरक्षाको उपाय अपनाएर सानो टिमका साथ काम सुरु गरेको जानकारी दिए ।’ चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन लकडाउन अगाडि करिब ५० प्रतिशत सकिएको थियो । निर्माणपक्षले तिहारसम्म चलचित्रको सम्पूर्ण दृश्यको छायांकन सक्ने तयारी गरेको छ । यसपछि, केही समय ब्रेक लिएर चलचित्रको गीतको छायांकन हुनेछ ।

झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्