कमल, कार्तिक २ । झापाको कमल गाँउपालिका वडा नम्बर ५ पाडाजुंगीस्थित आभाष बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः दिनेश अधिकारी चयन भएका छन् ।

संस्थाको शनिवार सम्पन्न चौथो बार्षिक साधारणसभाबाट पुनः ४ बर्षे कार्यकालका लागि युवा व्यवसायी अधिकारीको अध्यक्षतामा सञ्चालक समिति चयन भएको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा पदम बहादुर निरौला र सदस्यहरुमा नुनी लाल चौहान (निर्मल ), खिब लाल कुईकेल (रबिन ), राम प्रसाद सिग्देल, दुर्गा प्रसाद अधिकारी र मेनुका खड्का चुनिएका छन् ।
यस्तै, हेम कुमार न्यौपानेको संयोजकत्वमा गोबिन्द प्रसाद चम्लागाई र पार्बता धिताल सदस्य रहेको लेखा समिति समेत सर्वसम्मत गठन गरिएको निर्वाचन समिति संयोजक कुमार प्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्