एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।

कोलकाताले हैदराबादलाई सुपर ओभरमा हराएको हो । सुपर ओभरमा हैदराबादले दिएको तीन रनको लक्ष्य कोलकाताले चौथो बलमा पूरा ग¥यो ।
सुपर ओभरमा पहिले ब्याटिङका लागि डेभिड वार्नर र र जोनी बेयस्ट्रो क्रिजमा आएका थिए । कोलकाताका लागि लकी फर्गुसनले पहिलो बलमा नै वार्नरलाई बोल्ड आउट गरे । त्यसपछि क्रिजमा आएका अब्दुल समादले दोस्रो बलमा दुई रन जोडे । तेस्रो बलमा फर्गुसनले समादलाई पनि बोल्ड आउट गरेपछि कोलकाताले तीन रनको लक्ष्य पाएको हो ।
तीन रनको लक्ष्य पाएको कोलकाताका लागि क्रिजमा इयन मर्गन र दिनेश कार्तिक आएका थिए । हैदराबादका लागि राशिद खानले पहिलो बल मर्गनलाई डट राखे । दोस्रो बलमा मर्गनले एक रन लिएका थिए । क्रिजमा रहेका कार्तिकले तेस्रो बल डट खेले, चौथो बलमा कोलकाताले दुई रन लेग बाइबाट पाएसँगै हैदराबाद सुपर ओभरमा पराजित भएको हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनाएको थियो । उसका लागि कप्तान इयन मर्गनले ३४, दिनेक कार्तिकले अविजित २९ र नितिश रानाले २९ रन बनाए ।खेलको बीचमा धरासायी बनेको कोलकाताको पारी उकास्न कप्तान मर्गन र कार्तिकले ५८ रनको साझेदारी गरेका थिए । बलिङतर्फ हैदराबादका लागि टी नटराजनले दुई विकेट लिँदा बसिल थम्पी, विजय शङ्कर र राशिद खानले समान एक—एक विकेट लिए । एक सय ६४ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको हैदराबाद २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६४ रन मात्रै बनाउन सक्यो । उसका लागि डेभिड वार्नरले अविजित ४७, जोनी बेयर्स्ट्रोले ३६ र केन विलियमसनले २९ र अब्दुल समादले २३ रन बनाए । बलिङतर्फ लकी फर्गुसनले तीन विकेट लिए । साथै प्याट कमिन्स, शिवम् माभी र वरुण चक्रवर्तीले समान एक–एक विकेट लिए । यो जितसँगै १० अङ्कका साथ कोलकाता तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हैदराबाद ६ अङ्कसहित पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्