झापा ,कात्तिक ३ । झापामा गएराति श्रीमान्ले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका छन् ।

मेचीनगर नगरपालिका ३ का ३४ वर्षीय पर्वत राईले २७ वर्षीया श्रीमती संगीता राईको हत्या गरेको वडाध्यक्ष हर्कबहादुर बस्नेतले जानकारी दिए । श्रीमान्–श्रीमतीबीच घरायसी विषयमा विवाद हुँदा आवेशमा पर्वतले श्रीमतीलाई राईले ढुङ्गा प्रहार गरी हत्या गरेको वडाध्यक्ष बस्नेतले बताए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी हवल्दार कल्याण निरौलाका अनुसार पर्वतलाई राति नै पक्राउ गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्