दमक , कात्तिक ३ । झापा दमकका दुईजना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक बृद्ध र अर्का बृद्धा रहेका छन् । दमक नगरपालिका वडा नं ५ की ६७ वर्षिया बृद्धा र वडा नं ४ का ८२ वर्षिय बृद्धको मृत्यु भएको हो । बृद्धको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । ती संक्रमितलाई हिजो उपचारका लागि बिर्तामोड ल्याइएको थियो । त्यस्तै दमक ५ की बृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी ती बृद्धाको स्वास्थ्य अबस्था गंभीर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो । त्यहाँ संभव नदेखिएपछि विराटनगर लैजादै गर्दा वाटैमा मृत्यु भएको भट्टराईले जानकारी दिए । दुवै संक्रमितहरुको शवको कनकाई माईमा अन्त्येष्टि गरिएको छ । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८ र जिल्लामा १८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्