दमक, कार्तिक ३ । झापाको दमकमा बाबुछोराको एक दिन अघिपछि मृत्यु भएको छ । दमक २ निवासी आरवी थापा र उनका बुबाको एकदिन अघिपछि मृत्यु भएको हो ।

दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका औषधी व्यवसायी ५१ वर्षिय आरवी थापाको आज सोमबार र उनका ९१ बर्षिय बुवा खड्गबहादुर थापाको आइतवार मृत्यु भएको हो । थापाले दमक चौंकमा दर्पण फार्मेसी सञ्चालन गर्दै आएका थिए ।
करिब २ साता अघिदेखि फोक्सोमा समस्याका कारण विराटनगरस्थित नोवेल अस्पतालमा उपचाररत उनको सोमबार मृत्यु भएको हो । चिकित्सकहरुले विरामीको स्वास्थ्य अवस्थामा सुधार हुने सम्भावना नदेखेपछि भेन्टिलेटरबाट निकालेर घरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बताइएको छ ।
यसैगरी मृतकका बाबु खडगबहादुरको आईतबार करिब साढे ३ बजेतिर घरैमा र बाबुको मृत्यु भएको २४ घण्टाभित्रैमा छोरा आरवीको पनि सोमबार दिउँसो करिब ३ बजे मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्