एजेन्सी । चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले सन् २०२० को आईपिएल म्याचलाई संझनलायक बनाउन सकेनन् । राजस्थान रोयल्सले आईपिएलको ३७ औं म्याचमा चेन्नई सुपर किंग्समाथि सात विकेटको दमदार जीत हासिल गर्यो ।

चेन्नइका तर्फबाट जितका लागि प्राप्त १२६ रनको लक्ष्य राजस्थानले १८ ओभरमा तीन विकेट गुमाउदै हासिल गर्यो । अबुधाबीमा गएराति खेलाइएको म्याचमा राजस्थानका लागि जोस बटलरले नटआउट ७० रन र कप्तान स्टीव स्मिथले नटआउट २६ रन बनाए । ती दुवैबीच चौथो विकेटका लागि नटआउट ९८ रनको साझेदारी भयो । बटलर म्यान अफ द म्याच चुनिए । यो सिजनको आईपीएलमा राजस्थानको चौथो जीत र चेन्नईको सातौं हार भएको छ । यो म्याचपछि राजस्थानको टीम अंकतालिकामा पाँचौ नम्बरमा पुगेको छ भने चेन्नईको टीम पुछारमा झरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्