बिर्तामोड , कात्तिक ४ । कोरोना संक्रमणबाट बिर्तामोडकी एक बृद्धाको मृत्यु भएको छ ।

बिर्तामोड ४ की खरेल थरकी ७७ वर्षिया बृद्धाको विराटनगरको नोवेल हस्पिटलमा आज विहान मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई केही दिन अघि उपचारका लागि विराटनगर लगिएको थियो । घटनाको पुष्टि गर्दै बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले उनको लाश ल्याउन तयारी भइरहेको जानकारी दिएका छन् ।योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिर्तामोडमा २ र जिल्लामा १९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्