अर्जुनधारा, कात्तिक ४ । मेची महाकाली बुहारी संयुक्त आवाजले अर्जुनधारामा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा प्रदान गरेको छ ।

घरेलु हिंसाका विरुद्ध सामाजिक न्याय तथा विभिन्न सामाजिक काममा सक्रिय समाजले दशैं नजिकिएका बेला बालबालिकालाई खाद्यान्न र कपडा प्रदान गरेको हो ।
मेची महाकाली बुहारी संयुक्त आवाज झापाकी संयोजक शिखा खड्का गणेशको नेतृत्वमा आश्रममा पुगेको बुहारीहरुको टोलीले आश्रमका सञ्चालक कृष्ण दंगाललाई उक्त सामग्री प्रदान गरेको थियो । सो क्रममा आश्रमनजिकै रहेका एक अपाङ्ग बालकलाई पनि लत्ताकपडा र खाद्यान्न प्रदान गरिएको संयोजक गणेशले जानकारी दिइन् ।
यमु शर्मा सुब्बा र चन्द्रा काफ्लेले नेतृत्व गरेको उक्त संस्थाले देशभरका २५ बढी जिल्लामा समिति विस्तार गरिसकेको छ । उक्त समितिहरु महिला हिंसा न्यूनीकरणका लागि क्रियाशील छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्