बिर्तामोड , कात्तिक ४। भारतीय ट्रकले विजुलीको पोल भाँचिदिएपछि बिर्तामोड बजार क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

नेपाल बैंक लिमिटेड छेऊको विजुलीको पोल ट्रकले भाचिदिएको हो । पोल मर्मत गरेर अन्य स्थानमा विजुली सुचारु गरिएपनि २०० केभी ट्रान्सफर्मरमा असर पुगेकाले अतिथि सदन क्षेत्रमा विद्युत आपूर्ति रोकिएको नेपाल विद्युत प्राधिकरण बिर्तामोडका प्रमुख वीरेन्द्रप्रसाद यादवले बताए । पोल भत्काउने ट्रकलाई समातेर मर्मत गर्न लगाएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्