झापा , कात्तिक ४ । बिएण्डसी हस्पिटल बिर्तामोडका ७ स्वास्थ्यकर्मीसहित पछिल्लो २४ घण्टाभित्र झापामा ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यसमा हल्दिबारी गाउँपालिकाका स्वास्थ्य प्रमुख पनि रहेका छन् । थपिएका संक्रमितमा ३४ महिला र ३० पुरुष छन् । आज सबैभन्दा बढी दमक नगरपालिकामा २६ जना संक्रमित थपिएका छन् । उनीहरु १२ महिला १४ पुरुष हुन् । दमकपछि बिर्तामोडमा १७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये पाँचजना बिएण्डसी हसिपटलका स्वास्थ्यकर्मी रहेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँस्कोटाले बताए । त्यस्तै कनकाई नगरपालिका र मेचीनगर नगरपालिका ठेगाना भएका अन्य दुईजना बिएण्डसीका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । त्यस्तै, भद्रपुर नगरपालिकाका ९ जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना मेची अस्पतालका स्वास्थ्यकर्मी रहेको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए । मेचीनगर नगरपालिकामा बिएण्डसीका एक स्वास्थ्यकर्मीसहित ४ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै, हल्दिबारीमा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना हल्दिबारी गाउँपालिकाका स्वास्थ्य प्रमुख पुष्कर निरौला छन् । उनले आफूलाई कोरोना संक्रमण भएको प्रतिदिन दैनिकलाई बताए ।यस्तै, अर्जुनधारा, कमल र कनकाई नगरपालिकाका एक– एक महिला, बुद्धशान्ति र बाह्रदशी गाउँपालिकामा एक –एक जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्