एजेन्सी । किंग्स इलावेन पन्जाबले आईपिएल—१३ मा जीतको ह्याट्रिक गरेको छ ।

पन्जाबले गएराति दुबईमा खेलाइएको म्याचमा दिल्ली कैपिटल्सलाई पाँच विकेटले हराएको हो । पन्जाबले दिल्लीबाट जीतका लागि पाएको १६५ रनको लक्ष्य ६ वल बाँकी छदै हासिल गरेको हो । पन्जाबको टप स्कोरर निकोलस पूरन बने । उनले ५३ रन बनाए ।
शिखर धवनकोे शतक र दिल्लीका बलरहरुको संघर्ष काम दिएन । दिल्लीका लागि धवनले नटआउट १०६ रन बनाए । त्यस पारीका लागि उनलाई म्यान अफ द म्याच चुनियो । आईपिएल—१३ मा योे पन्जाबको चौथो जीत हो । जबकि दिल्लीलाई तेस्रो पटक हारको झट्का ब्यहोर्नु पर्यो । पन्जाबको टीम अब अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्