एजेन्सी । कप्तान लियोनेल मेस्सीले १६ औँ च्याम्पियन्स लिग सिजनमा कीर्तिमानी गोल गरेपछि बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

मंगलबार राति भएको खेलमा बार्सा ५–१ को विशाल अन्तरले विजयी भएको हो । मेस्सीले खेलमा २७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । योसँगै मेस्सीले सबैभन्दा धेरै फरक–फरक च्याम्पियन्स लिगको सिजनमा गोल गर्ने म्यान्चेस्टर युनाइटेडका पूर्वविंगर रायन गिग्सको कीर्तिमान बराबरी गरेका छन् । पहिलो हाफ सकिन लाग्दा अन्सु फातीले बार्साको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा फिलिपे काउटिन्होले बार्साको तेस्रो गोल थपे । तर, खेलको ६८ औँ मिनेटमा जेरार्ड पिके रातो कार्ड खाँदै बाहिरिए भने इहोर खाकातिनले पेनाल्टीमार्फत गोल गर्दै बार्साको अग्रता कम गर्ने प्रयास गरे । लगत्तै, १७ वर्षीय पेड्री र ओसमान डेम्बेलेले गोल थप्दै बार्साको सहज जीत सुनिश्चित गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्