दमक , कार्तिक ५ । झापा,कमल गाउँपालिका वडा नम्बर ७ गेउरिया निवासी भीम केरुङद्धारा लिखित ‘रातो भुइँ’ पुस्तक सार्वजनिक गरिएको छ ।


नेपाली समाज र राजनीतिलाई समेटेर लेखक केरुङले तयार गरेको पुस्तकको आज जिल्लाको शिवसताक्षीस्थित झिलझिलेमा संक्षिप्त कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।
पुस्तकको प्रकाशक गणेशप्रसाद लिम्बूले झोडा आन्दोलनका अग्रज देउकुमार राईलाई पुस्तक दिएर सार्वजनिक गरिएको लेखक केरुङले बताए ।
तत्कालीन नेपाल भूतपूर्व सैनिक संघ पाँचथरका सभापति समेत भएका राईकै नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा भूपू सैनिकलाई बसोबास दिलाउन सहयोग पु¥याएका थिए । पुस्तकमा लेखकले भूपू सैनिकहरु कसरी झोडामा आए भनेर उल्लेख गरेका छन् ।
लेखकले विभिन्न दश अध्यायमा ती विषयवस्तुहरुलाई समावेश गरेका छन् । अध्याय १ मा प्राचीन मानव सभ्यता र चिहानबीचको सम्बन्ध ,दोश्रोमा पहिचानसहितको संघीय संरचनामा किन मुलुक गएन ? भ्रम र यथार्थ, तेश्रो अध्यायमा समाज रुपान्तरणको एउटा जटिल पक्ष ः जातीय विभेद तथा छुवाछूत, चौथो अध्यायमा सरकारी नोकरीमा आरक्षणको सवाल ,पाँचौमा किन विवादित बन्यो, आदिवासी रंगशाला ? जस्ता विषयहरुलाई चित्रण गर्न खोजेका छन् ।
त्यसैगरि पुस्तकको छैठौ अध्यायमा लेखकले आफनै ठाउँ हाल कमल गाउँपालिका ७ स्थित विष्णुकठ्ठाका धिमाल जातिको विषयमा र सातौ अध्यायमा स्थानीय कमल ७ कै एउटा नलेखिएको इतिहास जो लालधोन्दा झोडाका भूपू सैनिकहरुका बारेमा खोजमूलक अध्ययन सामाग्रीलाई चित्रण गरेका छन् । यस्तै,उनले आठौ अध्यायमा सीतापुरी झोडाकाण्ड एक राजनीतिक स्वार्थ, नवौ अध्यायमा भूमि सम्बन्धी ए्ेनहरुको विश्लेषण र दशांै अध्यायमा भूमिसुधार असफल हुनुका लक्षणहरु सम्बन्धी आफनो अध्ययन सामाग्रीलाई समावेश गरेका छन् ।
२२६ पृष्ठको सो पुस्तक अघि लेखकले २०५६ सालमा ‘मसंगै फुलेको फूल’ कविता संग्रह निकालेका थिए । त्यस कविता संग्रहको विक्री वितरण साझा प्रकाशनले गरेको थियो ।
साहित्यसंगै वामपन्थी राजनीतिमा सक्रिय केरुङले यस पुस्तक समाज र राजनीति सम्बन्धी अध्ययन गर्नेका लागि पठनीय भएको दावी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्