बिर्तामोड, कात्तिक ५ । बुधबार बिर्तामोडमा ५ बेडको कोभिड आइसोलेसन उद्घाटन भएको छ ।

सरकारले हरेक स्थानीय तहमा कोभिड आइसोलेसन बनाउन निर्देशनसंगै सहयोग दिने भएपछि बिर्तामोड–३ मा नगरपालिकाले आइसोलेसन बनाएको हो ।
नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले रिबन काटेर आइसोलेसनको उद्घाटन गर्दै यसले कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘हामी गम्भीर अवस्थामा भएका बिरामीको उपचार गर्छौ ’प्रमुख शिवाकोटीले भने । यस आइसोलेसनमा एक जना डाक्टर र २ जना नर्स चौबीसै घण्टा ड्यूटीमा रहने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्