बिर्तामोड , कात्तिक ५ । कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको बिर्तामोडमा ५ दिनमा ७७ जना संक्रमित थपिएका छन् ।

कात्तिक १ देखि ५ गतेसम्म त्यति धेरै संक्रमित थपिएका हुन् । समुदायमा संक्रमण फैलिएसँगै पाँच दिनमा एकजना संक्रमितको मृत्यु भएको छ । बिर्तामोडमा कोरोना संक्रमणको अबस्था पछिल्लो दिनमा भयावह देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँस्कोटाले बताए । ‘बिर्तामोड कोरोनाको हटस्पट बन्दै गएको छ ’उनले भने ,‘ यही गतिमा संक्रमण फैलिए परिस्थिति जटिल बन्न सक्छ ।’ आफै पेसा तिरेर परीक्षण गराउनेहरुलाई संक्रमण बढी पुष्टि भएको छ । कात्तिकमा संक्रमित भएका ७७ मध्ये ७२ जना आफै पैसा तिरेर परीक्षण गराउनेहरु हुन् । नगरपालिकाले गरेको परीक्षणमा ५ जना पोजिटिभ भेटिएका थिए । बिर्तामोडमा अहिलेसम्म २३६ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ । बुधबार मात्र बिर्तामोडमा १३ जना संक्रमित थपिएका छन् । त्यसमध्ये बिर्तासिटी हस्पिटलका तीन स्वास्थ्यकर्मी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्