झापा , कात्तिक ५ । झापाका १५ वटा स्थानीय तहमध्ये १३ वटा पालिकामा आज एकैदिन कोरोना भाइरसका ६८ जना संक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि भएकामध्ये २० महिला र ४८ जना पुरुष छन् । सबैभन्दा बढी मेचीनगरमा १४ जना रहेका छन् भने बिर्तामोडमा १३ जना छन् । मेचीनगरका ४ महिला र १० पुरुष छन् । उनीहरु सबै १० नम्बर वडाका स्थानीय बासिन्दा हुन् ।त्यस्तै, बिर्तामोडका संक्रमितमध्ये ३ महिला र १० जना पुरुष छन् । उनीहरु ५, ६, ७ र ८ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । संक्रमितहरुमध्ये बिर्ता सिटी हस्पिटलका तीन महिला स्वास्थ्यकर्मी रहेका छन् । यसैगरी भद्रपुर नगरपालिकामा १२ जना संक्रमित थपिएका छन् । जसमा ४ महिला र ८ जना पुरुष छन् । उनीहरु ४, ५, ७, ८ र १० नम्बर वडाका रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।यस्तै, बाह्रदशी गाउँपालिकामा एक महिलासहित ७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३ र ४ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । यसैगरी, दमक नगरपालिकामा एक महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु पनि स्थानीय बासिन्दा हुन् । यसैगरी गौरादह नगरपालिकामा २ महिला र २ पुरुष, कचनकवल गाउँपालिकामा पनि २ महिला र २ पुरुष, कनकाई नपा, कमल र बुद्धशान्ति गाउँपालिकामा समान १ महिला र १ पुरुष गरी २– २ जनामा संक्रमण भएको छ । यस्तै, शिवसताक्षी नगरपालिका तथा झापा र हल्दिबारी गाउँपालिकाका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाइँले जानकारी दिए ।उनका अनुसार झापामा हालसम्म एक हजार ५१४ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा एक हजार २० जना संक्रमित निको भएका छन् । ४७१ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ भने झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्